कटारी/उदयपुर- उदयपुरको कटारी नगरपालिकामा आइतबार साँझ भएको आगलागीमा परी १ बालक ज्यान गएको छ । कटारी नगरपालिका वडा नम्बर १० मा साँझ ४ बजे पालसिङको बरालथुम्कामा भएको आगलागीमा परी सुजन थापाका ३ वर्षीय छोरा अर्विन थापाको ज्यान गएको हो । घरमा केटाकेटीबाहेक अरू कोही नभएका बेला अचानक प्रकाश थापाको घर नजिकबाट सुरु भएको आगोले ३ दाजुभाइका घर, गोठ जलेर पूर्ण रूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए ।आगलागीमा परी प्रकाश थापा, सुजन थापा, महेश्वर थापाको घर, गोठ जल्दा ३ वटै दाजुभाइका करिब ९० वटा कुखुरा, पाठा २ वटा, एउटा भैँसी जलेको स्थानीयले बताए । नगद, सुनचाँदी, गरगहनासमेत जलेर नष्ट हुँदा करिब ९० लाखको क्षति अनुमान गरिएको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । दिउँसो ४ बजेबाट सुरु भएको आगो साँझ ७ बजे मात्र नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणका लागि स्थानीय, सोरुङछविसे र बेतिनीको प्रहरी टोली परिचालन गरिएको थियो । इलाका प्रहरी कार्यालय कटारीबाट थप प्रहरी सहयोगका लागि पुगेको थियो ।
कटारीमा आगलागी, १ बालकको मृत्यु, ३ परिवारको घरगोठ जले
सवालनेपालसंवाददातासोमबार, ८ चैत २०७७

कटारीमा आगलागी, १ बालकको मृत्यु, ३ परिवारको घरगोठ जले
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



