विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारमा जाने विषयमा एउटै प्रश्न दोहोर्‍याएपछि पत्रकारसँग रिसाएका छन् ।तत्कालीन देउवाको कार्यसमितिमा नेविसंघ उपाध्यक्ष रहेका कांग्रेस नेता अशोक कोइरालाको निधनमा श्रद्धाञ्जलि तथा परिवारलाई समवेदना दिन मंगलबार विराटनगर पुगेका देउवालाई विमानस्थलमा पत्रकारहरुले ‘कांग्रेस सरकारमा कहिले जान्छ ?’ भन्दै प्रश्न गरेका थिए । पत्रकारको पहिलो प्रश्नमा देउवाले भने, “कांग्रेस विपक्षी पार्टी हो, तत्काल सरकारमा जाँदैन ।त्यसपछि पत्रकारले ‘सरकारविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव कहिले लैजान्छ ?’ भन्दै प्रश्न सोधेका थिए । त्यसमा देउवाले कांग्रेससँग छलफल नभएको भन्दै अरुले नै अविश्वास प्रस्ताव लैजाने बताएका थिए ।

‘त्यसो भए अविश्वासको प्रस्ताव कसले ल्याइदिनुपर्ने, जसपाले कि माओवादीले ?’ भन्दै राखेको प्रश्नमा देउवाले कांग्रेस विपक्षी पार्टी भएकाले विपक्षमै बस्ने बताएका थिए ।त्यसपछि पत्रकारले ‘त्यसो भए अहिलेकै सरकारलाई समर्थन गरेर जाने अवस्था हो ?’ भन्दै प्रश्न सोधेपछि देउवा रिसाएका थिए । “हत्तेरिका ! विपक्षी पार्टी विपक्षमा हुँदैन ?” पत्रकारले बुझ्दै नबुझी प्रश्न गरेकाले आक्रोशित देउवाले भने, “विपक्षी पार्टी ! विपक्षी पार्टी विपक्षी पार्टी ! जानुहोस् ।” खासगरी कांग्रेस विपक्षमा बस्छ भनेपछि पनि यही सरकारलाई समर्थन हो भन्ने प्रश्नपछि देउवा रिसाएका थिए ।विराटनगरमा आशोक कोइरालाको परिवारलाई भेटेपछि देउवा धरान जाने कार्यक्रम छ । ०५६औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा नेपाल दलित संघ केन्द्रीय कार्यसमितिले आयोजना गरेको प्रदेशस्तरीय भेललाई सम्बोधन गर्न देउवा धरान जान लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय