काठमाडौँ । भारतबाट लुकाईछिपाई ल्याइएको अवैध मदिरासहित एक जना पक्राउ परेका छन् । झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित मेची राजमार्गमा चेकजाँचको क्रममा ९५ बोतल मदिरा बरामद भएको हो । चेकजाँचको क्रममा मे १ ज ३३५१ नम्बरको गाडी चालक इलाम सुर्योदय नगरपालिका –२ का २८ वर्षीय प्रकाश खड्का मदिरासहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार उनको साथबाट प्रहरीले ८४ बोतल ‘सिक्किम गोल्डेन’ र ११ बोतल ‘फायरबल’ मदिरा बरामद गरेको छ । प्रहरीले झापाबाट बरामद गरेका मदिरा आन्तरिक राजश्व कार्यालय चन्द्रगढीमा बुझाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भारतबाट लुकाईछिपाई ल्याएको अवैध मदिरा बरामद
सवालनेपालसंवाददातामंगलबार, ९ चैत २०७७

भारतबाट लुकाईछिपाई ल्याएको अवैध मदिरा बरामद
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



