
राजविराज, सप्तरी । पुर्व–पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको पोर्ताहा मंगलबारराती ट्रकको ठक्करले मोटरसाइकल चालकको ज्यान गएको छ । सोही दुर्घटनामा एक जना घाइते भएका छन् ।मृत्यु हुनेमा मोटरसाइकल चालक जिल्लाको कंचनरुप नगरपालिका ५ पिपरापुर्व बस्ने २० बर्षीय देब कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार सोही वडाका १९ वर्षिय प्रदिप मुखिया घाइते भएका छन् ।
पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको को.३३प. ७७१६ नं.को मोटरसाइकललाई सोही दिशाबाट आउदै गरेको ना.७ ख.९३३९ नं. को ट्रकले ठक्कर दिएको थियो ।प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।