
काठमाडौँ — बलिउड अभिनेता आमिर खानलाई कोरोना पुष्टि भएको छ । बुधबार कोरोना पोजिटिभ भएसँगै उनी आफ्नै निवासमा क्वारेन्टाइनमा छन् ।कोरोना पुष्टिभएसँगै होम क्वारेन्टाइनमा रहेका उनले हालसालै आफूसँग सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन अनुरोध गरेको द टाइम्स अफ इन्डियाले जनाएको छ ।अमिरले आफ्नो जन्मदिनदेखि सामाजिक सञ्जालबाट ब्रेक लिएका थिए । ‘मलाई जन्मदिनको शुभकामना दिनुहुने सबैमा आभार । अब यो नै सामाजिक सञ्जालमा मेरो अन्तिम पोस्ट हुनेछ । अब म सामाजिक सञ्जाल चलाउन बन्द गर्छु,’ उनले लेखेका थिए ।आमिर ‘लालसिंह चड्ढा’ मा करिना कपुर खानसँग देखिँदैछन् ।