विराटनगर । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले होली पर्व मनाउन कुनै बन्देज नलगाइने बताएका छन् । विराटनगरका गायक सुमित खड्का र कलाकार दीपाश्री निरौलाको ‘धनियाँ के होली’ गीति संग्रहको विमोचन कार्यक्रममा उनले होली खेल्न कसैलाई पनि बन्देज तथा रोक नलगाइने बताएका हुन् ।होलीको आफ्नै सांस्कृतिक महत्व भएकाले होली पर्व मनाउन कोभिडको डर मान्नुपर्ने अवस्था नरहेको उल्लेख गरे । ‘गत वर्ष पनि हामीले होली मनाउन पाएनौँ,’ उनले भने, ‘यो वर्ष पनि होली मनाउन नपाउने हौँ की भनेर डराउनुपर्ने अवस्था छैन ।’उनले अहिले पनि कर्मचारीहरुले गत वर्षकै जस्तो हिँडडुलमा रोक लगाउनका लागि दबाब दिँदै आएको खुलासा गरे ।

‘कर्मचारीहरू जागिर खान आएको भएर उनीहरूलाई बन्द गर्न पाए कामै गर्न पर्दैन भन्ने लागेको देखिन्छ‚’ उनले भने, ‘हामी पहिलाको जस्तो अवस्था आउन दिनुहुँदैन भनेर लागेका छौँ । काठमाडौंबाट आउने सूचनालाई मात्र सर्कुलर गर्दा नागरिकमा त्रास छाउने मन्त्री कार्कीले बताए ।संघीय सरकारले कोरोनाको दोश्रो लहर आउने संभावनालाई मध्यनजर राख्दै कुनै पनि भेला, सम्मेलन, जमघट तथा भिडभाड नगर्न परिपत्र जारी गरिसकेको अवस्थामा मन्त्री कार्कीको परक अभिव्यक्ति आएको हो । स्वास्थ्य मन्त्रालयको एकखालको परिपत्र आएको तर मन्त्रीले फरक खालको अभिव्यक्ति दिएको अवस्थामा मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले भने सचेत रहनुपर्ने बताएका छन् ।उनले विराटनगरमा कुनैपनि भिडभाड हुन नदिनका लागि सूचना प्रवाह गर्ने काम भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
arhivs.jekabpilslaiks.lv