काठमाडाैंः नेपाललाई जर्मनीले १० मिलियन युरो अनुदान दिने भएको छ। अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेइफेरबीच अनुदान प्रदान गर्ने सम्झौतामा हस्ताक्षरसमेत भएको छ। नेपालको ग्रिन रिकभरी र समावेशी विकासका लागि अनुदान दिइएकाे जर्मनीका राजदूत सेइफरले बताए। सोलार फार्म विस्तार गर्न, सोलार सिञ्चाइ विस्तार गर्न र अन्य गतिविधि विस्तार गर्न सहयोगस्वरुप अनुदान दिइएकाे बताइएकाे छ। अनुदान सहयाेग नेपालको ग्रामीण भेगमा केन्द्रित हुने नेपालका लागि जर्मनीका राजदूत राेनाल्ड सेइफरले बताएका छन्।विश्वव्यापी चुनौतीकाे रुपमा रहेकाे ग्रिन हाउस ग्यास उत्सर्जनकाे सामना गर्न सबै मुलुक एक ठाउँमा आउन आवश्यक रहेकाे पनि राजदूत सेइफरले बताए।
नेपाललाई जर्मनीले १० मिलियन युराे दिने
सवालनेपालसंवाददाताबिहीबार, ११ चैत २०७७

नेपाललाई जर्मनीले १० मिलियन युराे दिने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



