आश्विन २८, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार भारतको गोवा पुगेलगत्तै चिनियाँ राष्ट्रपति सी जिनपिङसँग गर्ने भेटवार्तामा सीको नेपाल भ्रमण मुख्य विषय हुने भएको छ । प्रधानमन्त्री दाहालले आगामी पुसभित्र सीको नेपाल भ्रमण गराउन पहल गर्ने स्रोतले जनाएको छ ।

मंगोलिया र बंगलादेशको भ्रमण सकेर गोवा पुग्ने राष्ट्रपति सीले प्रधानमन्त्री दाहालसँगको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्था, विकास प्रक्रिया र नेपाल–चीन सम्बन्धबारे छलफल गर्ने जानकारी दिइसकेका छन् । बिहीबार मंगोलिया पुगेका सी शुक्रबार बंगलादेश पुग्नेछन् । ब्रिक्स सम्मेलनमा भाग लिएर भारतको गोवाबाट फर्कंदा सी नेपाल पस्ने समाचार सार्वजनिक भए पनि नेपालको आन्तरिक कारण देखाएर उनी गोवाबाटै बेइजिङ फर्कने भएका छन् ।

सीको भ्रमण सूचीमा नेपाल नपरेपछि कूटनीति सञ्चालनमा सन्तुलित हुन नसकेको आरोपसमेत सरकारलाई लागेको छ । सीको नेपाल भ्रमणबारे गोवामै टुंगो लाग्ने परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले दाबी गरेका छन् । ‘उहाँको भ्रमण टरेको भन्न मिल्दैन, दुवै देशबाट उच्चस्तरीय भ्रमण हुनेमा शंका छैन,’ महतले भने । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार ऋषिराज अधिकारीले पनि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे गोवामा प्रधानमन्त्री दाहालले छलफल गर्ने बताए ।

प्रधानमन्त्री दाहालले भने आफूले सन्तुलित कूटनीतिक प्रयास थाले पनि परराष्ट्र मन्त्रालयको स्थायी संयन्त्रबाट परिपक्व सुझाव नआएको निकटस्थलाई बताउन थालेका छन् । उपप्रधानमन्त्री कृष्णबहादुर महरा विशेषदूतका रूपमा चीन पुगेकै बेला नेपालको तयारी अपुग रहेको भन्दै त्यहाँको नेतृत्वले प्रधानमन्त्री दाहालसँग सीको भेट गोवामा हुने संकेत दिएको थियो । तर, चीनबाट त्रिभुवन विमानस्थल ओर्लनासाथ महराले राष्ट्रपति सी छिट्टै नेपाल भ्रमणमा आउने निश्चितप्राय: भएको बताएका थिए ।

प्रधानमन्त्री दाहालले नेपालको असंलग्न परराष्ट्र नीति र छिमेकीलाई पहिलो प्राथमिकतामा राखिएको बारे सीलाई जानकारी गराउँदै नेपाल भ्रमणका लागि आश्वस्त पार्ने अधिकारीहरूले बताएका छन् । आगामी पुसअघि नै दाहाल बेइजिङ पुग्न सक्ने पनि अधिकारीहरू बताउँछन् । प्रधानमन्त्री दाहालको हतारिँदो भारत यात्रा र कूटनीतिक संयन्त्रको फितलो उपस्थिति नै चीनका तर्फबाट भ्रमण टर्नुको मुख्य कारक रहेको निष्कर्ष निकालिएको उनी निकटस्थले बताए ।

नेपालको विषयमा भारत र चीनका नेतृत्वबीच समेत छलफल हुने बताइएको छ । चीनले यसअघि नै आवश्यक परे नेपालको विषयमा भारतसँग छलफल गर्ने बताउँदै आएको थियो । त्यसका लागि नेपालले भारत र चीनका अधिकारी तथा नेतृत्वसँग छलफल गरिरहेको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको गोवा भ्रमणका क्रममा चीनले नेपाललाई पुनर्निर्माणका लागि घोषणा गरेको सहयोगको विषयमा सम्झौताको खाका प्रस्तुत हुनेछ । प्रधानमन्त्री दाहालले गोवामा सीका अलावा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लाल्दिमिर पुटिन, दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमा, ब्राजिलका राष्ट्रपति माइकेल टेमेरसागसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने निश्चित भएको छ ।

एक महिनामा दोस्रो पटक भारत भ्रमणमा जान लागेका दाहालको टोलीमा परराष्ट्रमन्त्री महतसहित १९ सदस्य रहनेछन् । प्रधानमन्त्री दाहाल नेपाल एयरलाइन्सको नियमित उडानमा दिल्ली पुग्ने र त्यहाँ एक घण्टा बसेर भारतले तय गरेको विशेष विमानमा गोवा पुग्ने कार्यक्रम तय भएको छ । दाहाल असोज २ मा भारतको राजकीय भ्रमण सकेर फिरेका हुन् ।

उनले गोवामा मोदीसँग पुन: क्षेत्रीय सन्तुलन र नेपालको पछिल्लो अवस्थाबारे छलफल गर्ने कार्यक्रम रहेको भ्रमण तयारीमा संलग्न एक अधिकारीले बताए । चीन, भारत, रुस, ब्राजिल र दक्षिण अफ्रिकाको समूह ब्रिक्सको सम्मेलनमा पर्यवेक्षकका रूपमा नेपालसहित बंगलादेश, भुटान, श्रीलंका, थाइल्यान्ड, म्यानमार सहभागी हुँदैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah