महोत्तरीमा बेपत्ता रहेका वृद्ध दम्पतीको शव खाल्डोमा गाडिएको अवस्थामा बिहीवार फेला परेको छ ।गत फागुन ११ गतेदेखि महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोरवा गाउँका मुसाफिर झा र उनकी पत्नी गीतादेवी झा बेपत्ता थिए ।२ नम्बर प्रदेश प्रहरीका प्रमुख समेत रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) धिरजप्रताप सिंहले झा दम्पतीको शव खाल्डोमा गाडिएको अवस्थामा फेला परेको जानकारी दिए ।‘पिपरा गाउँपालिका–२ स्थित पोखरीको डिलमा ५ फिट तल गाडेको अवस्थामा शव फेला पर्यो । खाल्डोमा नून पनि राखिएको पाइयो,’ डीआईजी सिंहले भने ।महोत्तरी प्रहरीले घटनामा संलग्न भएको आशंकामा स्थानीय रामबाबु यादव र उनका २ छोरा तथा १ भारतीय नागरिक हरेन्द्र ठाकुरलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
महोत्तरीमा १ महिनादेखि बेपत्ता झा दम्पतीको शव खाल्डोमा गाडिएको अवस्थामा फेला
सवालनेपालसंवाददाताबिहीबार, ११ चैत २०७७

महोत्तरीमा १ महिनादेखि बेपत्ता झा दम्पतीको शव खाल्डोमा गाडिएको अवस्थामा फेला
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



