भक्तपुर — सूर्यविनायक नगरपालिका–५ सृजनानगरस्थित एक होटलमा गत आइतबार सिलिन्डर पड्केर आगलागी हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ ।होटल सञ्चालक दोलखको सैलुङ गाउँपालिका–६ घरभई सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेतको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।शिवलाल कस्पालको घरमा सञ्चालित होटलमा खाजा बनाउने क्रममा ग्यास सिलिन्डर पड्केर बस्नेतसहित ६ जना घाइते भएका थिए । बस्नेतको कीर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दीपक गिरीले बताए ।आगलागीमा घाइते भएका सैलुङ गाउँपालिका–१ घर भई कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की, झापा बुद्धशान्ति गाउँपालिका–२ घर भई भक्तपुर सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, सूर्यविनायक नगरपालिका–५ कटुन्जेका १७ वर्षीय विकास पौडेल र १६ वर्षीय हिमुन्स थापाको सोही अस्पतालमा उपचार भइरहेको डीएसपी गिरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय