भक्तपुर — सूर्यविनायक नगरपालिका–५ सृजनानगरस्थित एक होटलमा गत आइतबार सिलिन्डर पड्केर आगलागी हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ ।होटल सञ्चालक दोलखको सैलुङ गाउँपालिका–६ घरभई सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेतको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।शिवलाल कस्पालको घरमा सञ्चालित होटलमा खाजा बनाउने क्रममा ग्यास सिलिन्डर पड्केर बस्नेतसहित ६ जना घाइते भएका थिए । बस्नेतको कीर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दीपक गिरीले बताए ।आगलागीमा घाइते भएका सैलुङ गाउँपालिका–१ घर भई कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की, झापा बुद्धशान्ति गाउँपालिका–२ घर भई भक्तपुर सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, सूर्यविनायक नगरपालिका–५ कटुन्जेका १७ वर्षीय विकास पौडेल र १६ वर्षीय हिमुन्स थापाको सोही अस्पतालमा उपचार भइरहेको डीएसपी गिरीले जानकारी दिए ।
सिलिन्डर पड्केर आगलागी हुँदा घाइते भएका एकको मृत्यु
सवालनेपालसंवाददाताशुक्रबार, १२ चैत २०७७

सिलिन्डर पड्केर आगलागी हुँदा घाइते भएका एकको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



