अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प बुद्धको जस्तै आसनमा बसेको स्वरुपमा तयार पारिएको मूर्ति चीनमा लोकप्रिय बनेको छ ।चिनियाँ इकमर्श प्लाटफर्ममा ट्रम्पको उक्त बुद्धासनलाई बिक्रीमा राखिएको छ । उक्त मूर्तिका बिक्रेताका अनुसार विश्वमा ट्रम्पले जत्तिको बुद्धिज्म जानेको अरु कोहीपनि छैन ।सानो आकार अर्थात १.६ मिटर अग्लो ट्रम्पको उक्त मूर्तिको चिनियाँ ईकमर्श साइट ताओबाओमा मूल्य ९ सय ९९ चिनियाँ युआन तोकिएको छ । त्यस्तै ४.६ मिटर अग्लो ठूलो ट्रम्प मूतिको मूल्य ३ हजार ९९९ छ । गार्जियन पत्रिकाका अनुसार ईकमर्श साइट ताओबाओमा ट्रम्पका तस्वीर अंकित फेसमास्क, ह्याटदेखि मोजा र मूर्तिसम्मै लोकप्रिय रहेका छन् ।

चीनको फुजियान प्रान्तस्थित जियामेनमा रहेको एक फर्निचर कारखानाले उक्त मूर्तिहरु तयार गर्ने गर्दछ । अहिलेसम्म कम्पनीले १ सय जति मूर्ति बनाएकोमा अधिकांश बिक्री भइसकेको छन् । अधिकांश मानिसहरुले केवल हसिमजाकका लागि ती मूर्तिहरु खरिद गर्ने गरेका छन् ।चिनियाँ पत्रिका ग्लोबल टाइम्ससँग बोल्दै ट्रम्पको मूर्ति खरीद गर्ने एक व्यक्ति भन्छन्, ‘मैले रमाइलोका लागि किनेर मूर्तिलाई घरको मेरो डेस्कटमा राखेको छु सजावटका लागि । ट्रम्प यो युग मात्र नभई अति प्रतिशोधका प्रतिनिधि पात्र हुन् । अहिले त्यो युग बितेपनि अब ट्रम्पजस्तो नबन्नु भन्ने हेक्का दिलाउनका लागि मैले मूर्ति खरीद गरेँ ।’

एजेन्सी

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah