चीनको फुजियान प्रान्तस्थित जियामेनमा रहेको एक फर्निचर कारखानाले उक्त मूर्तिहरु तयार गर्ने गर्दछ । अहिलेसम्म कम्पनीले १ सय जति मूर्ति बनाएकोमा अधिकांश बिक्री भइसकेको छन् । अधिकांश मानिसहरुले केवल हसिमजाकका लागि ती मूर्तिहरु खरिद गर्ने गरेका छन् ।चिनियाँ पत्रिका ग्लोबल टाइम्ससँग बोल्दै ट्रम्पको मूर्ति खरीद गर्ने एक व्यक्ति भन्छन्, ‘मैले रमाइलोका लागि किनेर मूर्तिलाई घरको मेरो डेस्कटमा राखेको छु सजावटका लागि । ट्रम्प यो युग मात्र नभई अति प्रतिशोधका प्रतिनिधि पात्र हुन् । अहिले त्यो युग बितेपनि अब ट्रम्पजस्तो नबन्नु भन्ने हेक्का दिलाउनका लागि मैले मूर्ति खरीद गरेँ ।’
–एजेन्सी