
झापा, चैत्र ०८ गते । झापाको बुद्धशान्ति गाउँपालिका-३ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएको प्रहरी टोलीले स्थानीय २६ बर्षीय सुवास लिम्बुलाई शनिवार दिउँसो, ५ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।