दमक/दमक ८ स्थित एलाइड बोर्डिङ स्कूलमा शनिबार सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय बढी लाभान्वित भएका छन । बिद्यालय परिसरमा बालबालिका , तथा अभिभावकहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै आयोजना गरिएको शिविरमा शिक्षक, बिद्यार्थी, कर्मचारी र अभिभावकहरुले आफनो स्वास्थ्य परिक्षण गराएका हुन ।

एडभान्स मल्टि स्पेशियालिटी हस्पीटल प्रालि दमकको प्राविधिक सहयोगमा भएको सो शिविरको उदघाटन कार्यक्रममा बिद्यालयका सञ्चालक चन्द्र खत्रीले बालबालिकाहरु स्वस्थ्य नभई आफनो अध्ययनमा लाग्न नसक्ने भएकाले सामाजिक चेतनाका लागि समेत शिविर आयोजना गर्नुपरेको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शिविरको उदघाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकीको प्रमुख आतिथ्य रहेको थियो । सो अवसरमा दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँ, एडभान्स हस्पिटलका सञ्चालक चैतन्य बराल, डा. केपी सुवेदी, बिद्यालयका प्रिन्सिपल भिम खत्री लगायतले पनि आफनो धारणा राखेका थिए ।