गुल्मी । गुल्मीमा आफ्नै पिताबाट बलात्कृत भइ गर्भधारण गरेकी किशोरीले छोरा जन्माएकी छन् ।बाग्लुङको निसीखोला गाउँपालिका–६ घर भई विगत १५ वर्षदेखि गुल्मीको सदरमुकाम तम्घासमा धामी काम गर्दै आएका अन्दाजी ६५ वर्षका पुरुषले आफ्नै १४ वर्षीया छोरीलाई पटक पटक बलात्कार गर्दै आएको तथ्य हालै प्रकाशमा आएको हो ।पीडित बालिकाकै आमाले दिएको जाहेरीका अनुसार प्रहरीले बलात्कारमा संलग्न पितालाई शुक्रबार नियन्त्रणमा लिएको छ ।आइतबार पीडित किशोरीले स्थानीय अस्पतालमा छोरा जन्माएकी हुन् । शिशु र आमाको स्वास्थ्य सामान्य रहेको जनाइएको छ ।पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेकाले सहयोग संकलनका लागि रेसुङ्गा नगरपालिका–८ का वडाध्यक्ष भरत भलामी, वडा नम्वर ७ का वडाध्यक्ष मोहनप्रसाद पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष नारायण बराल (सुनार) ले पहल गरिरहेका छन् ।
बाबुद्वारा बलात्कृत किशोरीले छोरा जन्माइन्
सवालनेपालसंवाददाताआइतबार, १४ चैत २०७७

बाबुद्वारा बलात्कृत किशोरीले छोरा जन्माइन्
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



