सामाजिक संघ/ सस्था

माइती नेपालका १५ विद्यार्थीलाई भारत सरकारद्वारा छात्रवृत्ति


  काठमाडौँ   सवालनेपाल   २०७७ चैत्र १५, १४:५०

काठमाडौँ — भारत सरकारले माइती नेपालमा आश्रय लिएका १५ विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ । विश्वविद्यालय तहमा अध्ययनरत ५ र विद्यालय तहमा अध्ययनरत १० विद्यार्थी वा उनीहरूका आफन्तजनका लागि भारत सरकारले प्रायोजन गरेका १५ वटा छात्रवृत्ति प्रदान गरिने काठमाडौंस्थित भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । काठमाडौँ — भारत सरकारले माइती नेपालमा आश्रय लिएका १५ विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ । विश्वविद्यालय तहमा अध्ययनरत ५ र विद्यालय तहमा अध्ययनरत १० विद्यार्थी वा उनीहरूका आफन्तजनका लागि भारत सरकारले प्रायोजन गरेका १५ वटा छात्रवृत्ति प्रदान गरिने काठमाडौंस्थित भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भारतको ७५औं स्वतन्त्रता दिवसका अवसरमा चलिरहेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत उक्त पैदल यात्राको आयोजना गरिएको दूतावासले जनाएको छ । पैदल यात्रामा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राकी श्रीमती पूजा क्वात्रासहित अन्य विभिन्न क्षेत्रमा संलग्न नेपाली महिलाहरूको उपस्थिति थियो । त्यस अवसरमा क्वात्राले माइती नेपालमा आश्रय लिइरहेका विद्यार्थीलाई भारत सरकारले दिने गरेको छात्रवृत्ति उपलब्ध गराउने बताएकी हुन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु