जकार्ता: इन्डोनेसियाको मकासार सहरस्थित एक क्याथोलिक चर्च अगाडि आत्मघाती बम हमला हुँदा ९ जना मारिएका छन् ।आत्मघाती हमला गर्ने एक जना मृतकबारे विस्तृतमा विवरण आइसकेको छैन । होली सप्ताहको पहिलो दिनमै आइतबार आक्रमण भएको हो । उक्त चर्च सुलावेसी टापुमा पर्छ ।चर्चका प्रमुख फादर विलेमस तुलकका अनुसार बम हमला गर्ने व्यक्ति चर्चभित्रै छिर्ने प्रयास गरेका थिए । तर सुरक्षागार्डले रोकेका थिए । घटना स्थलको छोटो भिडियो फूटेज समेत सार्वजनिक भएको छ । जहाँ घटनास्थलमा विस्फोटको ज्वाला र धुवाँ उडेको देखिन्छ ।विस्फोटको जिम्मेवारी अहिलेसम्म कुनै समूहले पनि लिएको छैन । यसअघि २०१८ मा सुरबाया सहरमा चर्च र प्रहरी चौकीमा भएका आक्रमणको आरोप प्रहरीले इस्लामिक स्टेट प्रभावित जमाह अन्सरुत दौलाह समूहमाथि लगाएको छ । जहाँ ३० जना मारिएका थिए ।

मकासार सुलावेसी टापुको सबैभन्दा ठूलो सहर हो । जुन सहर इन्डोनेसियाको धार्मिक सहरको रुपमा पनि चिनिन्छ । धार्मिक मामिला मन्त्रीले यस घटनालाई जुनसुकै उद्देश्यका साथ गरिएको भए पनि पुष्टि हुन नसक्ने प्रतिक्रिया दिएका छन् । धार्मिक मामिला मन्त्री याकुत कोलिल कमासले भनेका छन्, ‘जेसुकै उद्देश्यका साथ गरिएको भए पनि यस घटना कुनै पनि धर्मबाट पुष्टि हुन सक्दैन । यसले एक व्यक्तिलाई मात्रै हानी गरेन । अरु धेरैलाई हानी पुर्‍याएको छ ।’मुस्लिम बाहुल्य मुलुक इन्डोनेसियामा २००२ मा यसै पर्यटकीय टापु इस्लामिस्ट अतिवादी समूहले हमला गरेको थियो । जहाँ २०० भन्दा धेरैको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय