
१५ चैत, कैलाली । मोहन्याल गाउँपालिका-७ स्थित पितमारी बजारबाट बाघको छाला १ थान, खप्पर १ थान, बंगरा १ थान र जुंगासहित दैलेख आठबिस नगरपालिका-३ बस्ने ४९ वर्षीय बिनी प्रसाद जैशीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा संघीय प्रहरी इकाई कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरीले उनलाई शंकास्पद अवस्थामा फेला पारी उनको झोला जाँच गर्दा उक्त छाला लगायतका वस्तु फेला पारी पक्राउ गरेको हो ।बरामद सामान सहित उनलाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय चिसापानी बुझाइएको संघीय प्रहरी इकाई कार्यालय धनगढीले जनाएको छ ।