पञ्जावी गायक दिलजानको सडक दुर्घटनामा मृत्यु भएको छ । ३१ वर्षीय दिलजानको आफैँले चलाएको कार अनियन्त्रित भइ दुर्घटना भएर मृत्यु भएको हो।तीव्र गतिमा गुडेको उनको कार पार्किङ गरिराखेको ट्रकसँग ठोक्किएर दुर्घटना भएको थियो । उनको सोमबार राति घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनालगत्तै मानिसहरुले उनलाई अस्पताल पुर्याएका थिए । अस्पताल पुग्नुअघि नै दिलजानको मृत्यु भएको डाक्टरहरुले जानकारी दिएका थिए ।दर्जनौँ चर्चित पञ्जावी गीत गाएका दिलजानले केही भजन पनि गाएका छन् । उनी सन् २०१२ मा संगीत रियालिटी शो ‘सुर क्षेत्र’बाट चर्चामा आएका थिए ।उनले उक्त रियालिटी शो मा दोस्रो स्थान हासिल गरेका थिए । दिलजानको मृत्युपछि पञ्जावका मुख्य मन्त्री क्याप्टेन अमरिन्दर सिंहले शोक व्यक्त गरेका छन् ।
पञ्जावी गायक दिलजानको सडक दुर्घटनामा निधन
सवालनेपालसंवाददाताबुधबार, १७ चैत २०७७

पञ्जावी गायक दिलजानको सडक दुर्घटनामा निधन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



