
पञ्जावी गायक दिलजानको सडक दुर्घटनामा मृत्यु भएको छ । ३१ वर्षीय दिलजानको आफैँले चलाएको कार अनियन्त्रित भइ दुर्घटना भएर मृत्यु भएको हो।तीव्र गतिमा गुडेको उनको कार पार्किङ गरिराखेको ट्रकसँग ठोक्किएर दुर्घटना भएको थियो । उनको सोमबार राति घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनालगत्तै मानिसहरुले उनलाई अस्पताल पुर्याएका थिए । अस्पताल पुग्नुअघि नै दिलजानको मृत्यु भएको डाक्टरहरुले जानकारी दिएका थिए ।दर्जनौँ चर्चित पञ्जावी गीत गाएका दिलजानले केही भजन पनि गाएका छन् । उनी सन् २०१२ मा संगीत रियालिटी शो ‘सुर क्षेत्र’बाट चर्चामा आएका थिए ।उनले उक्त रियालिटी शो मा दोस्रो स्थान हासिल गरेका थिए । दिलजानको मृत्युपछि पञ्जावका मुख्य मन्त्री क्याप्टेन अमरिन्दर सिंहले शोक व्यक्त गरेका छन् ।