
काठमाडौं, चैत १८ । बेलायतको एक विश्वविद्यालयमा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत स्वीडिस अभियन्ता ग्रेटा थनबर्गको पूर्णकदको शालिक स्थापना गरिएको छ ।कतिपयले भने थनबर्गको यस्तो शालिक बनाउनु फजुल खर्च भएको भन्दै आलोचना गरेका छन् । शालिक स्थापनाका लागि खर्च गरिएको पैसा राम्रो काम लगाउन सकिन्थ्यो भन्ने तर्क उनीहरुको छ ।मूर्ति निर्माण गर्न लागेको ३३ हजार डलर (नेरु ३८ लाख ६१ हजार) त योभन्दा राम्रो काममा खर्चन सकिन्थ्यो, उनीहरुले भनेका छन् । मंगलबार दक्षिणी इग्ल्याण्डको विनचेस्टर भूनिभर्सिटीमा उक्त शालिक स्थापित गरिएको थियो ।विश्वविद्यालयले भने यसलाई ‘स्थिरता र सामाजिक न्यायका लागि चल्दै आएको प्रतिवद्धता’ को प्रतीक भएको जनाएको छ ।
सोही विश्वविद्यालयको कलेज यूनियनले भने कोरोनाको समयमा यस्तो काम गर्नुलाई ‘विलासी र औचित्यहीन परियोजना’ को करार दिएको छ । कोरोनाको कहरमा परेका विद्यार्थीहरुलाई सहयोगको आवश्यकता रहेका बेला यस्ता औचित्यहीन काममा खर्च गर्नु आपत्तिजनक रहेको यूनियनका अध्यक्ष मेगन बलले बताए ।१८ वर्षीया थनबर्गले शालिक नै बनाउनुपर्ने कुनै काम नगरेको भन्दै उनीभन्दा धेरै महत्वपूर्ण मुद्दामा काम गर्ने मानिस थुप्रै रहेको उनको भनाइ छ ।