
रक्सौल– नेपाल–भारत सीमामा रहेको बिहारको रक्सौलमा भारतको अध्यागमन विभागले स्थानीय रामगढवा प्रहरीको सहयोगमा सूचनाको आधारमा एक विदेशी महिलालाई गिरफ्तार गरेको छ ।गिरफ्तार विदेशी महिलाबाट पासपोर्ट तथा नेपालको भिसा बरामद गरिएको छ ।अध्यागमन विभागले दिएको जानकारी अनुसार ती महिनाको नाम रोबाइका विलियम हो भने उनका बुवाको नाम केरिस्तो विलियम हो ।ती महिलासंग क्यानाडाबाट जारी गरिएको पासपोर्ट छ ।सोधपूछका क्रममा उनले आफू नेपाल घुम्न आएको बताउँदै जानकारीको अभावमा भारतीय सीमामा प्रवेश गर्न पुगेको बताएकी छिन् ।उनी नेपालको पोखराबाट रक्सौल पुगेकी हुन् ।ती महिलासंग भारत प्रवेश गर्ने भीसा छैन ।कोभिडको महामारीको क्रममा उनीसंग कोरोना परीक्षणको रिपोर्ट पनि छैन ।त्यसैको आधारमा यी विदेशी महिलाविरुद्ध भारतको संविधानको अधिनियम धारा १९४६ ९सेक्सन १४ बी० तथा सेक्सन ५२ को डिजास्टर म्यानेज्मेन्ट धारा २००५ उलंघन गरेको आरोपमा कारवाही गरिंदैछ ।
थानाध्यक्ष सन्तोष कुमार शर्माका अनुसार रक्सौल अध्यागमन विभागबाट कुनै विदेशी महिला पासपोर्ट र भीसा बिना नेपालबाट भारततर्फ प्रवेश गरेको सूचना प्राप्त भएपछि रामगढवा प्रहरीले एनएच–२८ ए मा चेकिङ अभियान थाल्यो ।नीजि सवारी साधनहरुका साथै यात्रीवाहक सवारी साधनको पनि खानतलासि गरियो ।धेरै समयपछि ती महिलालाई रक्सौलबाट मोतिहारी जाने बसमा बसिरहेको अवस्थामा प्रहरीले फेला पार्यो ।प्रहरीले उनलाई बसबाट उतारेर हिरासतमा लिएको छ ।ती महिलालाई अहिले रक्सौलको हरैथा थानालाई जिम्मा लगाइएको छ, जहाँबाट उनलाई अदालतमा प्रस्तुत गरिने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
एजेन्सीको सहयोगमा