काठमाडौं । ताइवानमा भएको ट्रेन दुर्घटनामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । आज (शुक्रवार) बिहान ताइवानको पूर्वी भागमा यात्रुहरूले खचाखच भरिएको ट्रेन दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको हो ।दुर्घटनामा ७२ जना भन्दा बढी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । दुर्घटना एउटा ट्रकमा ट्रेन ठोकिएर भएको जनाइएको छ ।ट्रेनको डब्बा ट्य्राकबाट उछिट्टीएर सुरुङको भित्तोमा ठोकिएको थियो ।आठवटा डब्बा भएको सो ट्रेन ताइतुङतिर जाँदै थियो । सो ट्रेनमा ३५० जना यात्रु सवार थिए । त्यहाँको स्थानीय समय अनुसार बिहान ९ः२८ मा ट्रेन हुआलिएनभन्दा उत्तरतर्फ सुरुङभित्र ट्य्राकबाट झरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।ताइवानको पुर्वी क्षेत्र आकर्षक पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । यसअघि सन् २०१८ मा पनि उत्तरपुर्वी ताइवानमा भएको ट्रेन दुर्घटनामा १८ जनाको मृत्यु हुनुका साथै १७५ जना भन्दा बढी घाइते भएका थिए ।
ताइवानमा ट्रेन दुर्घटना : ३६ जनाको मृत्यु, दर्जनौं घाइते
सवालनेपालसंवाददाताशुक्रबार, १९ चैत २०७७

ताइवानमा ट्रेन दुर्घटना : ३६ जनाको मृत्यु, दर्जनौं घाइते
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



