२० चैत, मोरङ। प्रहरीले मोरङको उर्लाबारी नगरपालिका– ७ की बालिकालाई करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।फेसबुकमार्फत चिनजान भएकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तेह्रथुमको मेन्छायम गाउँपालिका घर भइ मोरङको सुन्दरहरैचामा बस्दै आएका २५ वर्षीय गोबिन्द हिङमाङलाई पक्राउ गरेको हो।हिङमाङमाथि सामाजिक सञ्जाल फेसबुकमार्फत नजिक भएको र होलीको दिन उर्लाबारीमा करणी गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईका अनुसार बलात्कार आरोपमा जाहेरी परेपछि हिङमाङलाई पक्राउ गरिएको छ।फेसबुकमार्फत नजिकिएर करणी गरेको जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। हिङमाङ विरुद्ध ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए।प्रहरीका अनुसार केही महिनायता फेसबुकमार्फत उनीहरु नजिकिएका थिए। सोमबार होलीको दिन उर्लाबारीमा भेट भएपछि युवकले ललाईफकाई करणी गरेको प्रहरीको दाबी छ।
१२ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एकजना पक्राउ
सवालनेपालसंवाददाताशुक्रबार, १९ चैत २०७७

१२ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एकजना पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



