काठमाडौं, २२ चैत । ठमेलमा बस्ने चिनियाँ नागरिकको डेरामा डकैती गर्ने चार जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त लैनचौरले सिन्धुपाल्चोकका फुलकाजी तामाङ, अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामालाई पक्राउ गरेको हो ।उनीहरुले गत १६ चैतमा ठमेलमा बस्ने चिनियाँ नागरिक युन सियोमेनको डेरामा हतियार देखाई उनीहरुको हातखुट्टा बाँधेर डकैती गरेका थिए । चिनियाँ नागरिक उनकी श्रीमती अञ्जली र अन्य दुई युवकलाई नियन्त्रणमा लिएर डकैती भएको थियो ।२० लाख नगद र करिब पाँच लाख बराबरको सुनको गहना डकैती भएको थियो । घटनाको पाँच दिनपछि अभियुक्तहरु पक्राउ परेका हुन् । उनीहरुबाट चोरीका केही सामान समेत बरामद भएको प्रहरीले जनाएको छ ।-दृष्टिबाट
ठमेलमा हातखुट्टा बाँधेर लाखौंको डकैती, चार जना पक्राउ
सवालनेपालसंवाददाताआइतबार, २१ चैत २०७७

ठमेलमा हातखुट्टा बाँधेर लाखौंको डकैती, चार जना पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



