मलेसियाबाट एकै दिन १२ वटा शव नेपाल ल्याइएको छ।आइतबार नेपाल एयरलाइन्सबाट एक साथ १२ शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्याएको विमानस्थल कार्यालयले जनाएको छ।मलेसियामा ज्यान गुमाएका महोत्तरीका देवेन्द्रकुमार यादव, नवलपरासीका नुमबहादुर लुंगेली मगर, सर्लाहीका चन्द्रकुमार साह, गोर्खाका मेघबहादुर कुँवर र सूर्य विकको शव आइतबार ल्याइएको हो।भोजपुरका भुपाल पाण्डे, पाँचथरका सूर्यबहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्रप्रसाद मेहता, बाग्लुङका चन्द्रबहादुर विक, बाँकेका विनय कहर र झापाका उज्वल भुजेलको शव पनि ल्याइएको छ।रोजगारीका क्रममा रहेका र विभिन्न समयमा ज्यान गुमाएका नेपालीको शव एकैसाथ ल्याइएको सो कार्यालयले जनाएको छ।कोरोना संक्रमणका कारण उडान प्रभावित भएसँगै वैदेशिक रोजगार बोर्ड तथा सम्बन्धित देशस्थित नेपाली दूतावासले एकसाथ शव ल्याउने व्यवस्था मिलाउन थालेका हुन्।पछिल्लो समय खाडीका देश र मलेसियामा ज्यान गुमाउने नेपालीको संख्या बढ्दै गएको छ।आफ्नो निर्वाचन क्षेत्रका युवाको शव समेत ल्याएको थाहा पाएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई त्रिभुवन विमानस्थल पुगेका थिए।उनले वैदेशिक रोजगारीमा मलेसिया गएका १२ जना नेपाली युवाको शव एकैदिन आइपुगेको देख्दा र आफन्तहरुको भावविह्वल अवस्था देख्दा आँशु नथामिएको बताएका छन्।
मलेसियाबाटै एकैदिन ल्याइयो १२ शव,नेपालीको शव बुझ्न जाँदा भावुक भए बाबुराम
सवालनेपालसंवाददाताआइतबार, २१ चैत २०७७

मलेसियाबाटै एकैदिन ल्याइयो १२ शव,नेपालीको शव बुझ्न जाँदा भावुक भए बाबुराम
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



