काठमाडौं । झापामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । मेचीनगर नगरपालिका-१० सुगम टोल बस्ने ४७ वर्षीय ईन्द्र बहादुर राईलाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको हो ।राईले ती बालिकालाई गत फागुन २९ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।