काठमाडौंँ । ठुला तथा सानो पर्दाको फिल्म लेखक शिवम् अधिकारीले लेखनबाट विश्राम लिने भएका छन् । उनले केही समयका लागि लेखनबाट विश्राम लिन लागेका हुन् । जसको जानकारी उनले सामाजिक सञ्जाल फेसबुकबाट गराएका छन् ।‘हामी सबैलाई थाहा छ ‘स्क्रिप्ट लेखन आफैमा कठिन विधा हो । मैले पनि यहि कठिन विधा नै रोजे, किन कि म मेहनत गर्न चाहन्थे, संघर्ष र प्रतिस्पर्धाबाट आफुलाई खरो उभ्याउनु थियो, आफुलाई प्रमाणित गर्नु थियो ’उनले अगाडि लेखेका छन् ‘करिअरको १४ बर्षको अन्तरालमा करिब १५० चलचित्र र दर्जनौ टेलिचलचित्रमा आफुलाई उभ्याउँदा उभ्याउँदै पनि यो विधाबाट थाकेको महसुस भै सक्यो । कोभिड १९ को कारण थला परेको यो विषम परिस्थितिमा पनि ४ वटा चलचित्र र २ वटा टेलिचलचित्र लेखनमा निरन्तरता दिइनै रहेको छु ।’उनले स्क्रिप्ट राइटिङका लागि उपयुक्त वातावरण र आफ्नो मानसिक समस्या मुक्त नभएसम्मका लागि विश्राम लिन लागेको बताएका छन् । उक्त स्टाटसमा उनले फिल्मकर्मीले स्क्रिप्ट लेखनको तथ्यलाई समेत नबुझेको गुनासो गरेका छन् । अधिकारी फिल्मका निर्देशक पनि हुन् । उनले ‘पञ्चायत’, ‘कोपिला’ र ‘सुश्री’ फिल्म निर्देशन गरेका छन् ।
शिवमको घोषणा :फिल्म लेखनबाट विश्राम लिने !
सवालनेपालसंवाददाताआइतबार, २१ चैत २०७७

शिवमको घोषणा :फिल्म लेखनबाट विश्राम लिने !
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



