प्रहरीले पर्साबाट १० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।मकवानपुरबाट वीरगञ्ज गइरहेका तीन जनालाई प्रहरीले आइतबार अपराह्न गाँजासहित पक्राउ गरेको हो।पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका-७ का जयबहादुर गोले, सोही ठाउँकी विष्णुमाया तामाङ र मनहरि गाउँपालिका मुइया परियार छन्।वीरगञ्ज-२१ परवानीपुरबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।पक्राउ परेकालाई लागुऔषध मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय