मकवानपुरको हेटाँैडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा दुई मोटरसाइकल एकापसमा ठोक्ँिकदा १७ वर्षीय सगुन रुम्वाको मृत्यु भएको छ । हेटाँैडा उपमहानगरपालिका–१० का निवासी उहाँको आज उपचारका क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।साथै सोही दुर्घटनामा तीनजना घाइते भएको र उनीहरुको हेटौँडामा उपचार भइरहेको प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । गएराति हेटौँडाको बुद्धचोकबाट कर्रातर्फ जाँदै गरेको ना४९प ६२२३ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना४१प ६४३६ नंको मोटरसाइकल भुटनदेवी मोडमा एकापसमा ठोक्ँिकदा सो दुर्घटना भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकाहरु हेटौँडाका विज्ञान रुम्वा, विजय लामा र विक्रम लामा रहेको बताइएको छ । उपचारपछि रुम्वालाई प्रहरीले नियन्त्रणमा राखेको छ ।
सवारी दुर्घटनामा एकजनाको मृत्यु, तीन घाइते
सवालनेपालसंवाददातासोमबार, २२ चैत २०७७

सवारी दुर्घटनामा एकजनाको मृत्यु, तीन घाइते
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



