अन्तराष्ट्रिय

सेनाको गाडीमा विस्फोट हुँदा १ को मृत्यु, ४ घाइते


  काठमाडौँ   सवालनेपाल   २०७७ चैत्र २३, १६:४५

अफगानिस्तानको रानधानी काबुलको काराबाग जिल्लामा सोमवार सेनाको एक वाहनलाई तारो बनाएर आईईडी विस्फोट गरिएको छ ।विस्फोटमा परी एक सैनिकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।स्थानीय समयअनुसार बिहान ७ बजेतिर घटना भएको हो ।प्रहरीले जानकारी दिएअनुसार, सुरक्षाबलहरूको टोलीले अर्को एक माइनलाई डिफ्युज गरेका छन् ।कुनै पनि व्यक्ति वा समूहले घटनाको जिम्मेवारी लिएको छैन ।आइतवार पैगमान जिल्लामा भएको बम विस्फोटमा सुरक्षाबलका तीन सदस्य मारिएका थिए भने कम्तीमा १२ जना घाइते भएका थिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु