भारतको असम विधानसभा निर्वाचनमा मुस्लिमबहुल क्षेत्रमा व्यापक संख्यामा मतदान भएको छ । बदरुद्दीन अजमलको अल इन्डिया युनाइटेड डेमोक्रेटिक फ्रन्टले यी भोटहरूमा दाबी गरिरहेको छ ।  असममा कुल मतदातामध्ये मुसलमान मतदाता ३५ प्रतिशत छन् ।

डाउटफुल भोटर लिस्टमा परिने डरले मुस्लिमहरूले धेरै भोट दिएको बताइएको छ । असममा कुल १२६ विधानसभा सीट छन् । तीमध्ये ३४ निर्वाचन क्षेत्रमा बढी मुसलमान मतदाता छन् । त्यहाँ ८४ प्रतिशत भोटिङ भएको छ ।

बाँकी ९२ निर्वाचन क्षेत्रमा मुस्लिम मतदाताको संख्या नगण्य छ अनि त्यहाँ ७९ प्रतिशत मतदान भएको छ ।

तर मुस्लिम मतदाता धेरै भएका सात निर्वाचन क्षेत्रमा ९० प्रतिशतभन्दा बढी मतदान भएको छ । अनि तीन अन्य मुस्लिमबहुल क्षेत्रमा ८९ प्रतिशत मतदान भएको छ ।

धेरै मुसलमानले भोट दिँदा भारतीय जनता पार्टीलाई आफूतिर भोट नआउने डर छ । असम अल्पसंख्यक विद्यार्थी संघका सल्लाहकार अजीजुर रहमान पनि नोबोइछा सीटबाट चुनाव लडिरहेका छन् । उनले भने, ‘अन्य मानिसभन्दा फरक मुस्लिमहरू कम पढेलेखेका, गरीब र सामूहिक रूपमा निर्णय लिने खालका हुन्छन् ।’

मुसलमानहरूले जहिले पनि ठूलो संख्यामा भोट दिने एउटा कारण भनेको भोट नदिँदा डी लिस्ट गइन्छ कि भन्ने पीरले गर्दा हो ।

मतदाता सूचीको रुजु गर्दा डी भोटर वा डाउटफुल (शंकास्पद) मतदाता भनी केही मतदातालाई चिह्नित गरिएको छ । ती यस्ता मानिस हुन् जसको केस फरेनर्स ट्राइब्युनलमा चलिरहेको छ वा ट्राइब्युनलले विदेशी नागरिक घोषणा गरेको छ । डी भोटरले पनि राष्ट्रिय नागरिकता रजिस्टरमा नाम जोडाउनका लागि निवेदन दिन सक्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय