काठमाडाैं, २८ असोज । भारतले सेप्टेम्बर २९ मा गरेको ‘सर्जिकल आक्रमण’ पछि बढेको भारत र पाकिस्तानबीचको तनाव अझै साम्य भएको छैन ।

जुनसुकै बेला दुई देशबीच युद्ध हुन सक्ने भय र त्रास हटेको छैन । दुवै पर्ख र हेरको रणनीतिमा छन् । दुवै देशका सैन्य अधिकारीहरू द्वन्द्व कम गर्न आसपासमा कुराकानीमा रहेको भनिए पनि सम्भावित युद्धका लागि समेत तयारी अवस्थामा छन् ।

भारतीय अधिकारीहरूले आफ्नोतर्फबाट अब कुनै पनि प्रकारको आक्रमण नगर्ने तर पाकिस्तानी पक्षबाट कुनै आक्रमण भए प्रतिकार गर्ने बताइरहेका छन् । तैपनि कतिपयको बुझाइ आगामी साता भारतको गोवामा हुने ब्रिक्स सम्मेलनसम्म दुवै पक्षले संयम अपनाएको र त्यसपछि दुई देशबीच सिमानामा तनावको अवस्था सिर्जना हुनसक्छ भन्ने छ ।

यसैबीचमा आगामी नोभेम्बरमा पाकिस्तानमा सैन्य प्रमुखको म्याद सकिँदै छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पाकिस्तान सरकारले सेनाको म्याद नथपे तत्काल युद्धको सम्भावना रहने छैन तर सैन्य प्रमुखको म्याद थपिए यसले पाकिस्तान भारतसँगको दीर्घकालीन द्वन्द्वको तयारीमा रहेको सन्देश दिने छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय