नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै यहाँका सरकारी तथा निजी विद्यालय अर्को सूचना नआएसम्मका लागि बन्द गर्न निर्देशन दिइएको हो ।

नयाँदिल्लीका मुख्यमन्त्री अनरविन्द केजरीवालले एक ट्विटमार्फत कोभिड संक्रमण दर बढेसँगै दिल्लीका सबै विद्यालय बन्द गरिएको जानकारी दिएका छन् । बिहीबार मात्रै पनि दिल्लीमा सात हजारभन्दा बढी व्यक्ति संक्रमित भएका थिए । यस्तै, दिल्लीको गंगाराम अस्पतालसहित अन्य अस्पतालमा कार्यरत डाक्टरसमेत संक्रमित भएको समाचार सार्वजनिक भएका छन् ।

दिल्लीमा जस्तै भारतका अन्य राज्यहरूमा पनि कोभिड संक्रमण दर तीव्र गतिमा बढेको छ । यसमध्ये महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ । संक्रमण दर बढेसँगै कतिपय राज्यले रात्रिकालीन कफ्र्यु जारी गरिसकेका छन् ।

भारतमा कोरोना भाइरसबाट एकै दिन करिब डेढ लाख संक्रमित भएका छन् । यो संख्या कोरोना भाइरस महामारी सुरु भएदेखिकै सबैभन्दा धेरै भएको स्वास्थ्य अधिकारीहरूले शनिबार जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah