सैन्य 'कू'विरुद्ध प्रदर्शनमा उत्रिएका जनतामाथि सुरक्षा फौजले राइफल र ग्रेनाइट चलाउँदा शुक्रबार एकै दिन ८० जनाभन्दा बढी प्रदर्शनकारीको ज्यान गएको राजनीतिक बन्दीहरुको स्वतन्त्रताका लागि गठन भएको संगठन (एएपिपी)लाई उधृत गर्दै रोयटर्सले लेखेको हो । एएपिपीका अनुसार म्यानमारमा शुक्रबारको सुरक्षा कारबाही अघि नै सेनाको गोली लागेर ६१८ जना प्रदर्शनकारीको ज्यान गइसकेको छ । म्यानमारको सेनाले गत फेब्रुअरी १ मा निर्वाचित सरकारलाई अपदस्थ गर्दै आङ सान सुकीसहितका नेताहरुलाई नियन्त्रणमा लिएको थियो । सैन्य 'कू'पछि भएका प्रदर्शनका क्रममा म्यानमारमा अहिलेसम्म १६ जना सुरक्षाकर्मीको ज्यान गइसकेको छ । सेनाको तथ्याङ्कमा भने अहिलेसम्म २४८ जना सर्वसाधारणको ज्यान गएको विवरण उल्लेख छ ।
म्यानमारमा सुरक्षा फौजको गोलीबाट ज्यान गुमाउनेको संख्या ७ सय नाघ्यो
सवालनेपालसंवाददाताआइतबार, २८ चैत २०७७

म्यानमारमा सुरक्षा फौजको गोलीबाट ज्यान गुमाउनेको संख्या ७ सय नाघ्यो
म्यानमारमा जननिर्वाचित सरकारलाई अपदस्थ गरी सेनाले शासन हातमा लिएपछि भएको प्रदर्शनका क्रममा ७ सय जनाभन्दा बढीको ज्यान गएको छ । गत फेब्रुअरीमा सेनाले 'कू' गरेपछि म्यानमारमा सुरक्षा फौजको गोली लागेर ७ सयभन्दा बढीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । म्यानमारको मुख्य सहर यांगुन शुक्रबार मात्रै ८० भन्दा बढी प्रदर्शनकारीको ज्यान भएसँगै सुरक्षा फौजको कारबाहीमा परी ज्यान गुमाउनेको संख्या ७ सय नाघेको स्थानीय सञ्चारमाध्यमलाई उधृत गर्दै समाचार संस्था रोयटर्सले लेखेको छ ।
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



