विराटनगर – विराटनगरमा छोरासँगको विवादका क्रममा बुवाको मृत्यु भएको छ। विराटनगर महानगरपालिकाको बलुवाईमा शनिबार राति घरायसी विवादका क्रममा झगडा हुँदा ५४ वर्षीय बुवा विको सहनीको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राति विवाद हुँदा बाँसको भाटामा उनिएर घाइते भएका सहनीको उपचारका क्रममा मृत्यु भएको हो। मोरङ प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईले विवाद हुँदै गर्दा माइलो छोरा २५ वर्षीय रवि सहनीले बुबा विकोलाई कुटपिट गर्दै धकेल्दा बाँसको भाटामा उनिएको अनुसन्धानले देखिएको जानकारी दिए।सो क्रममा घाइते भएका विकोलाई राति नै उपचारका लागि कोशी अस्पताल ल्याइएको थियो। बाँसको भाटा घाँटीमा उनीएर घाइते भएका विकोलाई चिकित्सकको टोलीले राति करिब ११ बजे मृत घोषित गरेका थिए। प्रहरी प्रवक्ता राईका अनुसार घटनामा संलग्न रवि राति नै फरार भएकाे र उनको खोजी भइरहेको छ।मृतक विकोको तीन छोरा र एक श्रीमती रहेका छन्। विको परिवारसदस्यसँग टाढै रहँदै आएका थिए। घटना भएका बेला विकोका जेठो र कान्छो छोरा पनि घरमै थिए । घटनापछि फरार बनेका रविको खोजी तीव्र पारेको प्रहरीले कान्छो र जेठो छोरालाई भने नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ ।विकोकी श्रीमती सुम्नीले विगतमा बावु र छोराबीच कुनै पनि विवाद नरहेको जानकारी दिइन्। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा मदिरा सेवनका कारण घटना भएको खुलेको छ। यसक्रममा रवि र विको दुवैजनाले मदिरा सेवन गरेको पाइएको प्रहरीको भनाइ छ।
मदिरा सेवनपछि बावुछाेराकाे झगडा: बाँसमा उनिएर मृत्यु
सवालनेपालसंवाददाताआइतबार, २८ चैत २०७७

मदिरा सेवनपछि बावुछाेराकाे झगडा: बाँसमा उनिएर मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



