काठमाडौं : राष्ट्रिय सभा सदस्य एवं गायिका कोमल ओलीले आफूलाई प्रेम गर्न आवश्यक रहेको बताइन्। सिल्क फेसनको वार्षिकोत्सव समारोहमा वलीले आफूलाई प्रेम नगर्नेले अरुलाई पनि गर्न नसक्ने तर्क राखिन्।कार्यक्रममा प्रमुख अतिथी रहेकी वलीले आफ्नो सुन्दरताको तारिफ आफैँले गरिन्। 'मैले आफूले आफैलाई निकै राम्री देख्छु। बिहानै ऐना हेरेर मुसुक्क हाँस्छु। वाह कोमल तिमी कति राम्री छौ भन्छु,' उनले थपिन्, 'आफैले आफैलाई प्रेम गरेन भने अरुलाई पनि प्रेम दिन सकिँदैन। आँखाहरुलाई इर्ष्यालु नबनाउन आफैलाई हेरेर दंग पर्नुपर्छ।'नेपाली डिजाईनका कस्ट्युमहरू विकसित देशमा महिला तथा पुरुषहरुले लगाउन थालेको भन्दै ओलीले महिला उद्यमीको सहभागिता र प्रयासले उक्त कुरा सम्भव रहेको बताइन्। 'अहिले महिलाहरुको सहभागितामा विदेशमा नेपालमा गरिएका डिजाईनका कस्ट्युमहरु निर्यात भईरहेको छ। यो उर्जाशिल कुरा हो र राष्ट्र निर्माणमा ठुलो योगदान हो। म हरेक महिला उद्यमीको साथमा छु। केही पर्यो भने सिधै भन्नुहोला, म तपाईँकै प्रतिनिधी हुँ', कोमलले बताइन्।
कोमल वलीले आफैलाई भनिन् - वाह तिमी कति राम्री!
सवालनेपालसंवाददाताआइतबार, २८ चैत २०७७

कोमल वलीले आफैलाई भनिन् - वाह तिमी कति राम्री!
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
प्लेनको असुरक्षित यात्रा, नीति कि नियती ?

यो पनि पढ्नुहोस् »
संस्कारमा अब्बल निजि बिद्यालय
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

प्लेनको असुरक्षित यात्रा, नीति कि नियती ?
सोमबार, २ माघ २०७९
संस्कारमा अब्बल निजि बिद्यालय
सोमबार, २७ भदौ २०७९
''नागरिकता विधेयक प्रतिरोधको मुद्दा हो।''- भरत दाहाल
मंगलबार, ३१ साउन २०७९
"राजनीति नेपालको सबैभन्दा ठूलो र आकर्षक जागिर" -भिम उपाध्याय
बिहीबार, १९ जेठ २०७९
किन हाम्रा नेता, मन्त्री, धनीमानी सार्वजनिक यातायात चढ्दैनन् ?
बिहीबार, ५ फागुन २०७८



