बिचार/ब्लग

पूर्वराजाले भारतमा भने– हामीले हाम्रो हिन्दु धर्म बचाउनु छ


  काठमाडौँ   सवालनेपाल   २०७७ चैत्र ३०, ११:४०

पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दु धर्म र संस्कृति बचाउनुपर्नेमा जोड दिएका छन् । शनिबार भारतको हरिद्वारस्थित महाकूम्भ मेलालाई सम्बोधन गर्दै पूर्वाराजाले आफ्नो धर्म बचाउँदै संस्कृतिको रक्षा गरेर मठ मन्दिर, देवस्थल र धामहरूको विकास गर्नुपर्नेमा जोड दिएका हुन् । ‘अब हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नु छ, हाम्रा मठ मन्दिर, देवस्थल र धामहरूको विकास गर्नु छ । हाम्रा गंगा नद नदीहरूको प्रवाह स्वच्छ पार्नु छ’, शाहले भने, ‘भगवान रामले भन्नु भएको थियो “अपि स्वर्ण मणि लंका न मे लक्ष्मण रोचति जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” भन्ने सद्यूक्तिको ख्याल हामीले राख्नै पर्दछ ।’उनले के नेपाल सानो छ   भन्ने महाकवि लक्ष्मी प्रसाद देवकोटाको निवन्धको पनि स्मरण गरेका छन् ।

‘सानो छंदा मैले हाम्रा महाकवि लक्ष्मी प्रसाद देवकोटाले लेख्नु भएको, के नेपाल सानो छ   भन्ने निबन्ध पढेको थिएँ बडो चिन्ताकासाथ हाम्रो आर्य सभ्यताको महत्व खिइँदै गएको कुरामा उहाँले उक्त निबन्धमा लेख्नु भएको थियो । हो, कतिपय वाह्य दवाव, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा सांचो हो’, शाहले भने । उनले  हिन्दू सभ्यता, हिन्दूत्व रसनातनिक आर्य संस्कृति, वेद उपनिषद्, पूराण आदि अनेकौं ग्रन्थ सबै महत्वपूर्ण भएको भन्दै तिनको मननीय स्थान, हाम्रा विधि व्यवहार, जीवन पद्धति, आचरण र अनूशिलन आफैमा गहन भएको उल्लेख गरे । पूर्वराजा शाह चैत २६ गते पत्नी कोमल राज्यलक्ष्मी देवी शाह पनि भारत गएका थिए । निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा उनी हरिद्वार पुगेका हुन् । सो मेलामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायतका हिन्दुवादीहरु नेताहरुको सहभागिता रहेको बताइएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु