मकवानपुर । हेटौंडामा करेन्ट लागेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ शान्तिचोकमा घरको बिजुलीको तार व्यवस्थापन गर्ने क्रममा करेन्ट लागेर एक दम्पत्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।मृत्यु हुनेमा स्थानीय ३५ वर्षका समिर पाख्रिन र उनको श्रीमती ३० वर्षकी अन्शु पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।बिजुलीको पोलबाट घरको मिटर बक्समा लागेको तार भुईंमा लत्रिएको र उक्त तारलाई व्यवस्थापन गर्न फलामको डन्डिले उठाउने क्रममा थ्री फेस लाइनमा छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।करेन्ट लागेर घाइते भएका दुबैजनाको उपचारको क्रममा सोमबार बिहान ९ः१६ बजेको समयमा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रवक्ता रिमालले बताए ।शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हेटौंडामा करेन्ट लागेर एकै परिवारका दुईको मृत्यु
सवालनेपालसंवाददातासोमबार, २९ चैत २०७७

हेटौंडामा करेन्ट लागेर एकै परिवारका दुईको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



