घटना

सुकुटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुई घाइते


  काठमाडौँ   सवालनेपाल   २०७७ चैत्र ३०, ११:५७

काठमाडौं । सिन्धुपाल्चोकको सुकुटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । काठमाडौंबाट दोलखा जाँदै गरेको अरनिको यातायातको ना ३ ख ९६५८ नम्बरको बसले खाडीचौरबाट काठमाडौंतर्फ आउँदै गरेको बा ५९ प ६९६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी राजन अधिकारीका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको र अन्य दुई जनाको उपचार भइरहेको छ । बस र चालक दुवै प्रहरी नियन्त्रणमा छन् ।

तस्बिर : दिनेश थापाको फेसबुकबाट     

 

 

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु