काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना भाइरसका कारण नेपाली युवाले रोजगारी गुमाएको प्रति संसदको ध्यानाकर्षण गराएका छन् ।आज (सोमवार)को प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता थापाले कोरोनाका कारण सबैभन्दा बढी पर्यटन क्षेत्रमा लाखौँले रोजगारी गुमे पनि सरकारले ठोस कदम नचालेको आरोप लगाए ।उनले वैदेशिक रोजगारीमा रहेका लाखौँले रोजगारी गुमाए पनि सरकारले उनीहरुका निम्ती पहलकदमी नगरेको बताए । नेता थापाले भने, ‘जो नेपाल फर्किएका छन् उनीहरु पनि फर्किएर जान पाएका छैनन् । उनीहरुको पुनर्स्थापनाबारेमा यो चमत्कारीक सरकार न केही सोच्छ न केही गर्छ ।’

नेता थापाले दक्षिण कोरियाको भाषा तथा सिप परीक्षा उत्तिर्ण गरेका करिब १० हजार ५ सय नेपाली अझै अन्योलमा रहेको प्रति पनि सरकारले वेवास्ता गरेको बताए ।  ‘इपीएस परिक्षा उत्तिर्ण गरेका करिब १० हजार ५ सय र प्रतिवद्ध कामदार करिव २ हजार महिनौँ देखि अलपत्र परेर काठमाडौंमा यत्रतत्र छरिएर बसेका छन् । यीनिहरुका बारेमा सरकारले लगातार वेवास्ता गरेको छ ।’ उनले भने ।नेता थापाले कोरियामा रोजगारी पाउने सुनिस्चितताका सन्दर्भमा सम्बन्धित मन्त्रालयले ठोस कदम लिन पनि आग्रह गरे । उनले अगाडी भने, ‘फिलिपिन्सको मालदिभ्स्, म्यानमार, श्रीलंकाको सरकारले गरेको जस्तो भए पहलकदमी गरिसकेको भए उनीहरुले कोरिया जान पाइसकेका हुन्थे । भाषा तथा सिप परीक्षा उर्तिण गरेका तथा घर बिदामा आएर फर्किएर जान नपाएका यी कामदारहरुलाई कोरियामा रोजगारी पाउने सुनिस्चितताका सन्दर्भमा सम्बन्धित मन्त्रालयले ठोस कदम लियोस् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय