विराटनगर, चैत्र-३१ गते । खोटाङ र संखुवासभामा भएको आगोलागीबाट लाखौको क्षेती भएको छ । सोमबार दिउसो २ बजे संखुवासभा धर्मदेबी ६ हुङबुङ का नर बहादुर थायुम राईको घरबाट सल्लेको आगोले सलमान जिमीको घर र ईन्द्र बहादुर जिमीको कटेरो समेतमा आगोलागी भएको थियो । उक्त आगोबाट ३ वटा घर तथा घर भित्र रहेका सरसामानहरु, बाख्रा ८ वटा, सुगुर १ गरी अन्दाजी ३५ लाख २९ हजार बराबरको क्षेती भएको छ । आगोलागीको कारण भने खुल्न सकेको छैन् । सो आगो प्रहरी र स्थानियको सहयोगमा बेलुका ६ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । त्यस्तै आज बिहान साढे ४ बजे खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ स्थितमा रहेको हर्क राज राईले संचालन गरेको गणेश फर्निचर उद्दोगमा विद्दुतको तार सर्ट भई आगलागी हुँदा फर्निचरका सामानहरु, जेनेरेटर सहित अन्य सरसामान गरी अन्दाजी ५० लाख ८६ हजार बराबरको क्षेती भएको छ । सो आगो दम्कल, प्रहरी, सेना र स्थानियको सहयोगमा बिहान साढे ५ बजे नियन्त्रणमा आएको छ भने गत राती सभा २ बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ९ ज्यामिरे का कुलमान चुहानको घर र गोठ गुवालीमा आगोलागी हुँदा घर, गोठ सहित चौपायमा भेडा-२, बाख्रा ८ वटा, खसी -४ वटा, पाठा-६ वटा, पाठी-२ वटा मृ, कुखुरा -११ वटा जलि मरेका छन् । मानबिय क्षेती नभएको सो आगो प्रहरी र स्थानियको सहयोगमा बिहान ३ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
आगोलागीबाट लाखौको क्षती
सवालनेपालसंवाददातामंगलबार, ३० चैत २०७७

आगोलागीबाट लाखौको क्षती
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



