दाङ । आफूमाथि सामूहिक बलात्कार भएको दावी गर्दै प्रहरीमा उजुरी गरेकी युवतीले अदालतमा गएर बयान फेरेपछि उल्टै कैदमा परेकी,छन् घोराहीका तीनजना युवाहरुले आफूहरुमाथि सामूहिक बलात्कार गरेको भन्दै गत असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका एक बालिका र युवतीले मुद्धा अदालतमा पुगेपछि फागुन ४ गतेको बकपत्रमा बलात्कार नभई उनीहरुलाई दुःख दिन उजुरी हालेको भन्दै बयान फेरेका थिए ।दाङ देउखुरी जिल्ला अदालतका जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलाशले बयान फेर्नेलाई उल्टै कैद गर्ने फैसला गरेको हो ।चैत २३ गते बसेको न्यायाधीश थापाको इजलाशले झुट्टा मुद्धा हालेर अदालतको समय बर्बाद गर्ने र राज्यको जनशक्ति र स्रोतमा क्षती पुर्याएको ठहर गर्दै नाबालिग भएकाले बालिकालाई छोडिएको र जाहेरवाली अर्की युवतीलाई भने एक महिना कैद र ती युवतीबाटै बलात्कारको आरोप लागेका तीनजना युवाहरुलाई क्षतिपूर्तिस्वरुप जनही २५/२५ हजार उपलब्ध गराउने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार धनसिंह गिरिले जानकारी दिए ।
बलात्कारको झुटो आरोप लगाउने युवतीलाई एक महिना कैद
सवालनेपालसंवाददातामंगलबार, ३० चैत २०७७

बलात्कारको झुटो आरोप लगाउने युवतीलाई एक महिना कैद
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



