झापा– सार्वजनिक जमिन खाली गराउने क्रममा विस्थापित भएकालाई दमक नगरपालिकाले घर प्रदान गरी नमूना बस्तीमा सारेको छ ।वडा नं. ७ को पञ्चमूखी टोल तथा हाटखोला क्षेत्रबाट विस्थापित भएकाहरुलाई नगरपालिकाले बनाएको एकीकृत नमूना बस्तीका घर प्रदान गरेको नगरपालिकाले जनाएको छ ।नगरप्रमुख रोमनाथ ओलीका अनुसार नगरपालिकाको स्वामित्वमा रहेको जमिनमा बसोबास गरी रहेकालाई जग्गा खाली गराउने क्रममा विस्थापित भए पछि नमूना बस्तीमा स्थानान्तरण गरिएको हो ।नगरपालिकाले सपिङ् कम्प्लेक्स बनाउने निर्णय गरी नगरको स्वामित्वमा रहेको जमिनमा रहेका परिवार हटाउँदा विस्थापित केही परिवारलाई भने आर्थिक सहायता प्रदान गरी व्यवस्थापन गरेको वडा नं. ७ का वडाध्यक्ष भीम पौडेलले बताए ।सरकारी जमिन खाली गराउने क्रममा विस्थापित भएका २७ परिवारलाई नमूना बस्तीमा राखिएको नगरपालिकाकी प्रवक्ता गीता अधिकारीले जानकारी दिइन ।उनका अनुसार यी बाहेक बाँकी ८ परिवारलाई नगदसहित अन्यत्र सारिएको छ । पशुहाटमा रहेका २३ घर परिवारलाई पनि आर्थिक सहयोग प्रदान सारिएको छ ।

केही परिवारले भने बसोबास आफू बसेको स्थान छाडेर नमूना बस्तीमा जान इन्कार गरेका छन् । ७ परिवारले अझै नयाँ बस्तीमा जान मानेका छैनन् । उनीहरुले वर्षौदेखि बसोबास गरेको स्थानबाट उठिबास लगाउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।नगरपालिकाले आफ्नो भन्दै आएको जमिनमा बसोबास गरेका दुई परिवारलाई भने अर्को व्यवस्था नभएसम्मलाई मासिक घरभाडा उपलव्ध गराउँदै आएको छ । उनीहरुलाई डेरामा सारिएको र अर्को व्यवस्था नभएसम्म घरभाडा उपलव्ध गराईएको वडाध्यक्ष पौडेलले बताए ।

स्थानीयको दावी: सो जग्गा स्थानीय पदमबहादुर माझीले आफ्नो भएको दावी गर्दै आएका छन् । जग्गाको स्वामित्व रहेको कागजात आफुसँग रहेको उनको तर्क छ । नगरपालिकाले भने २०३२ सालयता सो जग्गा नगरपालिकाको स्वामित्व रहेको जनाएको छ ।यसअघि दमक–७ को सुनलाइनमा रहेका घर टहरा नगरपालिकाले नगरप्रहरी तथा डोजर परिचालन गरी हटाएको थियो । नगरपालिकाको स्वामित्वमा रहेको जमिनमा रहेका घर टहरा हटाउन पटक पटक आग्रह गरिएको तथा नहटाए पछि सुरक्षाकर्मीको सहयोग लिएर हटाउनु परेको नगरपालिकाले जनाएको छ ।

आफ्नो जग्गालाई नगरपालिकाले दाबी गरेको भन्दै विरोध

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah