काठमाडौं । भारतको महाराष्ट्रमा आज (बुधवार)देखि कर्फ्यू जारी गरिएको छ । कोरोना संक्रमणको दर नघटेपछि आजदेखि लागूहुने गरि १५ दिनका लागि कर्फ्यू लगाईएको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले बताएका छन् ।मुख्यमन्त्री ठाकरेले महाराष्ट्रमा दैनिक १५ हजार भन्दा बढी कोराना संक्रमित थपिएपछि कर्फ्यु जारी गर्न बाध्य भएको बताए । कर्फ्यू अन्तर्गत राति ८ बजेदेखि बिहान ६ बजेसम्म सम्पूर्ण व्यापार व्यवसाय र भीडभाडयुक्त क्षेत्र बन्द रहने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । महाराष्ट्रका सम्पूर्ण शैक्षिक संस्थाहरु १५ दिनका लागि बन्द रहनेछन् ।अस्पताल, खाद्यान्न पसल, बैंक तथा वित्तिय संस्था लगायतका अत्यावश्क सेवाहरुहरु भने खुला रहने जनाइएको छ । पछिल्लो समय भारत कोरोनाको हटस्पट बन्दै गएको छ । त्यहाँ दैनिक एक लाख भन्दा बढी संक्रमित भेटिन थालेका छन् ।भारतमा पछिल्लो २४ घण्टामा १ लाख ८५ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन् ।
आजदेखि भारतको महाराष्ट्रमा १५ दिनका लागि कर्फ्यू
सवालनेपालसंवाददाताबुधबार, १ वैशाख २०७८

आजदेखि भारतको महाराष्ट्रमा १५ दिनका लागि कर्फ्यू
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



