प्यूठान : प्यूठानको पवित्र तिर्थस्थल स्वर्गद्वारी दर्शन गर्न जाँदै गरेको लु १ च १६५५ नम्बरको जीप दुर्घटना भएको छ । बुधबार बिहान स्वर्गद्वारी मन्दिर नजिकैको रुमालेमा जीप दुर्घटना हुँदा घटनास्थलमा दुईजनाको ज्यान गएको छ । गाडीमा १५ जना सवार रहेको बताइएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारी जीपमा सवार रहेको दुर्घटनास्थलमा उद्दारमा खटिएका इलाका प्रहरी कार्यालय भिंगृका प्रहरीले जनाएको छ। उद्दारका लागि घटनास्थलमा स्थानीयबासी, नेपाल प्रहरी, नेपाली सेना परिचालन गरिएको प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।