मकवानपुर जिल्लामा क्रियाशील रही यस अगावै कोरोना सङ्क्रमित हुनुभएका सात पत्रकारले कोरोना बीमाबापतको रकम पाउनुभएको छ । नयाँवर्ष २०७८का अवसरमा नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममार्फत कोरोना बीमाबापतको रु एक लाख उहाँहरुलाई हस्तान्तरण गरिएको हो ।सो रकम पाउनेमा पत्रकार महासङ्घ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाई, सचिव गणेश दर्पण अधिकारी, महासङ्घ पूर्वसदस्य सुजन विडारी, केन्द्रीय पार्षद राजन दाहाल (खुशराज), महासंघ सदस्य जीवराज बख्रेल, अनिष लुइँटेल र सहनशीला ढकाल हुनुहुन्छ । उहाँहरु अघिल्लो वर्ष कोरोना सङ्क्रमित हुनुभएको थियो । यसै क्रममा महासङ्घ मकवानपुरका केन्द्रीय पार्षद राजन दाहाल (खुशराज) ले कोरोना बीमाबापत पाएको रकमबाट रु १० हजार पत्रकार पेन्सन कोषमा सहयोग गर्नुभएको छ । साथै महासङ्घ मकवानपुरले नयाँवर्षको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजन गरेको छ ।
पत्रकारलाई कोरोना बीमाको रकम
सवालनेपालसंवाददाताबुधबार, १ वैशाख २०७८

पत्रकारलाई कोरोना बीमाको रकम
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



