दमक/आज बिहान झापाको शिवसताक्षी १ दुधेमा भएको एम्बुलेन्स दुर्घटनामा एम्बुलेन्स चालकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भिर घाईते भएका छन । बिहान करिब ४.२० बजे पुर्व पश्चिम लोकमार्गमा पुर्बबाट पश्चिम तर्फ आउदै गरेको ना २१ च ७९८४ नम्बरको एम्बुलेन्स आफैं अनियन्त्रित भई दुर्घटना हुदा चालक ललितपुर ७ का ३० बर्षिय उत्सव घिमिरेको मृत्यु भएको हो ।दुर्घटनामा गम्भिर घाइते उनको उपचारका लागि बिएण्डसी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको एम्बुलेन्सका सहचालक ३० बर्षिय सन्तोष तामाङ गम्भिर घाइते भएका छन । उनको बिएण्डसी अस्पतालमा उपचार भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । त्यसैगरी झापाको कमल गापा. ५ स्थित रवि पेट्रोल पम्प नजिक पुर्व–पश्चिम लोकमार्गमा पश्चिमवाट पुर्व आइरहेको ना.४ख ९१४६ नम्बरको खाली ट्रक र बिपरित दिशा पुर्वाट पश्चिम तर्फ जादै गरेको मे.१प ९३१९ नं. को मोटरसाइकल एकआपसमा ठोक्किदा भएको दुर्घटनामा इलामा चुलाचुली १ का १७ बर्षिय मंगलसिंह राई गम्भिर घाईते भएका छन । उनको न्यूरो अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले जानकारी दिए । मोटरसाइकल चालक चुलाचुली गा.पा. १ का २१ बर्षिय जर्मन लिम्बुको वाया हात, कुम र निधारमा चोट लागेको छ । ट्रक चालक कमल गापा ५ का ५० बर्षिय भक्ती प्रसाद नेपाल प्रहरीको नियन्त्रणमा रहेका छन ।
झापामा दुर्घटना – एम्बुलेन्स चालकको मृत्यु, सहचालक गम्भिर घाईते, पाडाजुँगीको दुर्घटनाका घाईते भेन्टिलेटरमा
सवालनेपालसंवाददाताबिहीबार, २ वैशाख २०७८

झापामा दुर्घटना – एम्बुलेन्स चालकको मृत्यु, सहचालक गम्भिर घाईते, पाडाजुँगीको दुर्घटनाका घाईते भेन्टिलेटरमा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



