नेकपा एमालेका सांसद झपड रावलको घरमा ढुंगा प्रहार भएको छ। आज (बिहीबार )प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकमा रावलले आफू बस्ने घरमा गएराति ढुंगा प्रहार भएको बताएका हुन् । मध्य राती १२ बजे ढुंगा प्रहार भएको भन्दै रावलले भने 'राती १२ बजेढोकामा ढुंगा हानियो। हामी उठ्यौं। घरबेटीहरुसँग कुरा गर्यौं। ५–१० मिनेटमा फेरि ढुंगा हानियो,' रावलले भने।गएराती पौने १२ बजेमा पार्किङको विषयमा विवाद भएको थियो ।बाटोमा पार्किङ गरेको मोटरसाइकलको हावा खुस्काएपछि आक्रोशित समूहले हुलदंगा गरेका थिए । हुलदंगा गर्नेहरुलाई छलफलमा बोलाइएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपीले बताए ।‘दुवै पक्षलाई बोलाएर छलफल गराउँदै छौं’ डिएसपीले भने– ‘केही दिनअघि देखी विवाद भइरहेको थियो, हिजो उहाँ बस्ने घरमा एउटा ढुंगा हानेका रहेछन् ।’ ढुंगा प्रहारबाट घरमा क्षति पुगेको छैन् । विवाद भएको खबर आउनासाथ तत्काल प्रहरी पुगेको डिएसपी बस्नेतले बताए ।
‘केही दिनअघि देखी विवाद भइरहेको थियो, हिजो उहाँ बस्ने घरमा एउटा ढुंगा हानेका रहेछन्' : प्रहरी
सवालनेपालसंवाददाताबिहीबार, २ वैशाख २०७८

‘केही दिनअघि देखी विवाद भइरहेको थियो, हिजो उहाँ बस्ने घरमा एउटा ढुंगा हानेका रहेछन्' : प्रहरी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



