भारतको हरिद्वारमा जारी कुम्भ मेलाका बीच निर्वाणी अखाडाका महामंडलेश्वर कपिल देवको बिहीबार कोरोना संक्रमणपछि मृत्यु भएको छ । कुम्भ मेलामा पूर्वराजा ज्ञानेन्द्र शाहसमेत सहभागी भएका थिए । कोरोनाको बढ्दो मामिलालाई मध्य नजर गर्दै अखाडा परिषद्को दोस्रो ठूलो निरंजनी अखाडाले १५ दिन अघि नै कुम्भ मेला सकिएको जानकारी गराएको छ ।निरंजनी अखाडाका सचिव रवीन्द्र पुरीले बिहीबार कुम्भको मुख्य शाही स्नान पूरा भएको जानकारी दिए । उनको अखाडाका साधु–सन्तहरुलाई कोरोनाभाइरस संक्रमणको लक्षणहरु देखिन थालेको छ ।साधुहरूको संख्या योभन्दा बढी भएको बताइएको छ । स्वास्थ्य अधिकारीहरुले अलग–अलग अखाडामा गएर साधुको पीसीआर परीक्षण गरिने जनाएको छ ।
पूर्वराजा सहभागी कुम्भ मेलामा हालसम्म ३० साधु संक्रमित, एकको मृत्यु
सवालनेपालसंवाददाताशुक्रबार, ३ वैशाख २०७८

पूर्वराजा सहभागी कुम्भ मेलामा हालसम्म ३० साधु संक्रमित, एकको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



