पाकिस्तानमा सामाजिक सञ्जाल वेबसाइटहरू फेसबूक, ट्विटर, यूट्युब र टेलिग्राममा प्रतिबन्ध लगाइएको छ ।गृह मन्त्रालयले पाकिस्तान टेलिकम अथोरिटीलाई ती सामाजिक सञ्जालमाथि अस्थायी रोक लगाउन आदेश दिएको हो ।
देशमा तहरीक–ए–लब्बैक नामक संस्थाले फ्रान्सेली पत्रिकामा पैगम्बर मोहम्मदको कार्टून छापिएकोमा विरोध गर्दै प्रदर्शन गरिरहेको बेलामा सामाजिक सञ्जाल ब्लक गरिएको हो ।पाकिस्तानी टीभी च्यानलहरूलाई पनि तहरीक–ए–लब्बैकको विरोध प्रदर्शन देखाउन प्रतिबन्ध लगाइएको छ ।



