अभिनेत्री दीया मिर्जाले १५ फ्रेब्रुअरी सन् २०२१ मा व्यापारी वैभव रेखीसँग दोस्रो विवाह गरिन्। यो विवाह धेरै कारणले चर्चामा रह्यो। विवाहको डेढ महिनापछि दीयाले आफू गर्भवति रहेको जानकारी दिइन्।यो विषय पछि फेरि दीयाको विवाह चर्चामा आएको छ। दीयाले आफ्नो विवाह इको फ्रेन्ड्ली भएको बताएकी छन्। उनले धेरै योजना गरेर आफ्नो विवाहलाई ५ तरिका अपनाएर ‘इको फ्रेन्ड्ली’ बनाएको बताएकी छन्।
१. दीया वैभवले विवाहमा निम्ता गरिएको पाहुनाहरुलाई हस्तकला बनाउने मेघालयको टोकरीमा विरुवा उपहार पठाएका थिए।
२. विवाहलाई सम्पूर्ण तरिकाबाट भारतीय बनाउनको लागि भारतको स्थानीय बजारमा पाइने फूलहरुले सजावट गरिएको थियो। उनले विदेशबाट महँगा फूलहरु मगाइनन्।
३. उनले विवाहको सजावट गर्दा पुन: प्रयोग गर्न मिल्ने सामानहरुको प्रयोग गरेकी थिइन्।
४. विवाहमा खानेकुरा केही पनि बर्बाद भएन। विवाह निकै व्यक्तिगत रुपमा सम्पन्न भएको थियो। विवाहमा पाहुनाहरु तोकिएको संख्यामा थिए। उनीहरु कस्तो खाना खान्छन् भन्ने कुरा थाहा पाउँदा खाना खेर गएन। साथै दीयाले कुनै पनि प्लास्टिकका सामानहरु प्रयोग गरिनन्।प्लास्टिकका स-साना बोतलहरुको प्रयोगको सट्टा काँचका सिसिहरुको प्रयोग गरिन्। उनले यसो गर्दा खर्च बढे पनि त्यो खर्चलाई अन्तबाट मिलाउन सकिने बताइन्।
५. दीया र वैभवले विवाहमा प्रयोग गरेको कपडा फेरि प्रयोग गर्न मिल्ने बनाए। दीयाले भनिन्, ‘पछिल्लो पल्ट विवाहमा बनाएको कपडा मैले अक्सनमा राख्न परेको थियो। त्यसैले यो पल्ट विवाहमा मैले फेरि प्रयोग गर्न मिल्ने सारी लगाए। वैभवले लगाएको कपडा पनि पछि पछि प्रयोग गर्न मिल्ने खालको थियो। हामीले कपडा सामान्य कार्यक्रममा पनि लगाउन मिल्ने खालको लगायौँ ताकि ती कपडा दराजको ह्याङ्गरमा मात्र टाँगि नरहुन्।



